

विजेता नेपाली टिमका खेलाडीले पुरस्कार पाउने

काठमाडौं
गत चैतमा दशरथ रंगशालामा सम्पन्न भएको थ्री नेसन्स कपमा उपाधि जितेको नेपाली टोलीका सदस्यले पुरस्कार पाउने भएका छन् । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रधानमन्त्री निवासमा खेलाडीहरूलाई पुरस्कृत गर्नुहुनेछ । सो पुरस्कार वितरण कार्यक्रम आज हुने अखिल नेपाल फुटबल संघले जानकारी दिएको हो ।
पुरस्कार पाउने खेलाडीहरूमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ, त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनील बल, रवि पासवान, अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास छन् । टोली प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् ।
विश्वकप छनोट खेल नेपालमा नहुने भएपछि एन्फाले थ्री नेसन्स कपको अयोजना गरेको थियो । प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तानको यू–२३ टिमले सहभागिता जनाएका थिए । फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो । घोषणा भएअनुसार फाइनल जितेका प्रत्येक खेलाडीले चार लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया