विदेशमा रहेका युवाहरु बने भलवाडका नरबहादुरको साहरा

राजेन्द्र खनाल, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित रुखबाट लडेर घाइेत भएका नरबाहादुर कुमालको परिवारलाई स्थानीय यवाहरुको आर्थिक सहयोेगमा राहत सामग्री प्रदान गरिएको छ । दुई हप्ता अघि रुखबाट लडेर घाइते भएका कुमालको परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण उनीहरु हल धिरीखोलाको बगर क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

बैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा रहेका भर्तापुर स्थित प्रयास सामाजिक युवा क्लवका युवा सदस्यहरुले गरेको आर्थिक सहयोगबाट कुमाल परिवारलाई आज दुई थान पलङ सहित दुई सेट विस्तारा, दुईवटा झुल, रासनपानीका लागि २५ किलो चामल, तीन किलो दाल, एक एक किलो नुन र तेल प्रदान गरिएको स्थानीय समाजसेवी नेत्रप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

उनको राहत सामग्री खरिदका क्यानडा स्थित ताराबहादुर बुढाथोकी, दुवै स्थित झविन कार्की र लिलबहादुर सिँजापति, अमेरिका स्थित बन्दना कुमाल लगाएतको आर्थिक सहयोगमा नेपाल स्थित प्रयास सामाजिक युवा क्लवका अध्यक्ष हिमु खनाल, कोषाध्यक्ष विष्णु पाण्डे, पुर्व सहल्लाहकार नेत्रप्रसाद बुढाथोकी, पडरिया टोलविकास संस्थाकी अध्यक्ष फुलमाया गुरुङ, पत्रकार बाबुराम रायमाझी लगाएतको उपस्थितिमा सो सामग्री पिडित नरबाहादुर कुमाललाई हस्तान्त्रण गरिएको छ ।

अहिले सम्म भुईमा बोरा विच्छाएर सुत्दै रात कटाएका कुमालका तीन छोरी सहित श्रीमती पलङमा राम्रो बिस्तारामा सुत्न पाउँदा निकै खुसी भएका छन् । गाउँमा मागेर रासन पानीको बन्दोबस्त गर्दे जिविका चलाईरहेका उनीहरुलार्ई चामल दाल सहित नुन र तेल पनि दिएपछि केही दिनका लागि भए पनि दुई छाक खानको प्रबन्ध भएको नरबहादुरको परिवारले बताएका छन ।

प्रतिक्रिया

खबर सबै