पाल्पा : पहिरोले तीन जनाको मृत्यु

तानसेन

पाल्पाको तिनाउँ गाउँपालिका-५ गिट्टीखानीको पहिरोमा घाइते भएर उपचार गराइरहेकी ७५ वर्षीय सुन्दरी गुरुङको मृत्यु भएको छ।

बुधवार बिहान पहिरोमा पुरिएर गम्भीर घाइते भएकी गुरुङको शुक्रबार राति लुम्बिनी मेडकिल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त पहिरोमा पुरिएर बुधवार ४ वर्षीय आरोप परियार र ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको थियो।

पहिरोले दुई घर बगाएको छ भने तीन घर पुरिएका छन्। पहिरोमा  परी घाइते भएका २६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा परयिार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दलीबहादुर राना र दिपेश पुनको  लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ।

चुनढुङ्गा खानीबाट खसेको लेदा सहितको पहिरोले राजमार्ग क्षेत्रका घरहरु बगाएको हो।  पहिरोमा विस्थापित भएका घरपरिवारका सदस्यलाई नजिकैको कल्याणी आधारभूत विद्यालयमा राखिएको छ। पहिरोबाट पीडित परिवारलाई गाउँपालिका, नेपाल रेडक्रस पाल्पा, लायन्स क्लव, नेपाली कांग्रेस पाल्पा लगायतका संघ संस्थाले अत्यावश्यक सामग्री सहयोग गरेका छन्।

पहिरोका कारण सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। राजमार्गको झुम्सा, कालीमाटी, चर्चरे, सिद्धबाबा क्षेत्रमा खसेको पहिरोमा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएको स्थानीयको भनाइ छ।

प्रतिक्रिया

खबर सबै