

बुद्धभुमी नगरपालिका : गाई भैंसी पालक किसानहरुलाई दुग्ध उत्पादनमा आधारित अनुदान बितरण



बुद्दभुमी
बुद्धभुमी नगरपालिकाले गाई भैंसी पालक किसानहरुलाई दुग्ध उत्पादनमा आधारित अनुदान बितरण गरेको छ । आज बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले ६ जना किसानलाई एक लाख चौबिस हजार चार बाउन्न रुपैयाको चेक रकम हस्तान्तरण गर्नु भएको छ । नगरपालिकाले सुचना प्रकाशित गरि प्रस्तावना माग गरे अनुसार प्रती लिटर २ रुपैयाका दरले दूध डेरिले दिएको रिपोर्टका आधारमा सो रकम बितरण गरिएको बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनु भयो ।
नगरपालिकाले आ.व.०७७/०७८का लागि चार लाख बिनियोजन गरेको थियो । कार्यक्रममा बोल्दै पुरस्कृत राम प्रसाद भुसालले नगरपालिकाले किसालको हौसला बढाउन यो सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले नगरले यो पहिलो सुरुवात गरेको बताउनु भयो । दुधमा आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप यसलाइ अगाडि बढाएको बताउनु भयो ।
विभिन्न उत्पादनलाई बडोत्तरी गर्ने उद्देश्यले यो कार्यक्रम गरेको बताउनु भयो । नगरले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने र आगामी दिनमा पनि किसानहरु सङ्ग परामर्श गरि कार्यक्रमहरु संचालन गर्दै जाने बताउनु भयो । कोभिड बाट सबै जना सजग र सचेत रहन आग्रह गर्दै ब्यवसायमा वृद्धिको कामना गर्नु भएको छ ।
कार्यक्रम बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षता , उप प्रमुख मिरा थारु,प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल , नगर प्रवत्ता पवन थारु ,कार्यपालिका सदस्य खिमकला पान्डे,फागु धोबिको आथित्यता सम्पन्न कार्यक्रममा कार्यक्रमको संचालन कार्यकमको संचालन प्रशासकिय अधिकृत राजन पोख्रेलले गर्नु भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया