

एएफसी यु-२३ छनोटमा नेपाल समूह ‘बी’मा



काठमाडौं
एएफसी यु-२३ छनोटमा नेपाल समूह ‘बी’मा परेको छ। यो समूहमा नेपालसँगै इरान, लेवनान र ताजकिस्तान परेका छन्।
एसियाली फुटबल महासंघ (एएफसी) ले ४२ टिमलाई शुक्रबार ११ समूहमा विभाजन गरेको हो। ११ सूमहबाट १५ टिम सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु-२३ प्रतियोगितामा छनोट हुनेछन्।
उज्वेकिस्तान आयोजकको रुपमा स्वत: छनोट भएको प्रतियोगितामा १६ टिम भिड्नेछन्।
छनोटबाट ११ समूहका विजेता र समूहमा दोस्रो हुने उत्कृष्ट ४ टिम एएफसी यु-२३ छनोट प्रतियोगितामा पुग्नेछन्।
छनोट प्रतियोगितामा आगामी अक्टोबर २३ देखि २१ सम्म हुने तय छ।
नेपाल सम्मिलित समूहको खेल ताजकिस्तानमा हुनेछ।
नेपालले पाँचौ पटक यु-२३ छनोट खेल्न लागेको हो। यसअघिका चार छनोटमा नेपाल असफल भएको थियो।
यस्तो छ समूह विभाजन
समूह ए : सिरिया, कतार (आयोजक), यमन, श्रीलंका
समूह बी : इरान, ताजकिस्तान (आयोजक), लेवनान, नेपाल
समूह सी : इराक, बहराइन (आयोजक), अफगानिस्तान, माल्दिभ्स
समूह डी : साउदी अरेबिया, बंगलादेश, कुवेत (आयोजक), उज्वेकिस्तान
समूह ई : युएई (आयोजक), ओमान, भारत, किर्गिस्तान
समूह एफ : जोर्डन (आयोजक), प्यालेस्टाइन, तुर्केमिनिस्तान
समूह जी : अस्ट्रेलिया, चीन, इन्डोनेसिया (आयोजक), ब्रुनाइ
समूह एच : दक्षिण कोरिया, सिंगापुर (आयोजक), इस्ट टिमोर, फिलिपिन्स
समूह आई : भियतनाम, म्यानमार, हङकङ, चाइनिज ताईपेई (आयोजक)
समूह जे : थाइल्यान्ड, मलेसिया, लाओस, मंगोलिया (आयोजक)
समूह के : उत्तर कोरिया, जापान, कम्बोडिया


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया