

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न संयुक्त विद्यार्थीको माग



काठमाडौं
संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् ।
नेपाल आयल निगममा ज्ञापन पत्र बुझाउँदै विद्यार्थी नेताहरुले निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको बेलामा गरिएको मूल्य वृद्धि खारेज गर्न माग गरेका हुन् ।
विद्यार्थीहरुले विभिन्न शीर्षकमा असुलिने करको दायरा घटाएर उपभोक्तालाई सहुलियत मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्न मागसमेत गरेका छन् ।
पछिल्लो पटक नेपाल आयल निगमले गत मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
प्रतिलिटर २ रुपैयाँले बढेको पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेल/मटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ ।
हवाई इन्धन आन्तरिकतर्फ ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ ।
खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।



खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया