

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या

काठमाडौं
हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो ।
प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको जनाएका छन् । हत्यामा संलग्नको पहिचान भएको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेको विज्ञप्तिमा जनाइएको छ ।
यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नीलाई पनि गोली लागेको छ । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् ।
जोसेपले मुलुकमा स्थिरता कायम गर्न आवश्यक सबै कदम चालिने बताएका छन् । मोइसे सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए । उनीमाथि भ्रष्टाचारका आरोप लागेको थियो । त्यस्तै सरकारविरोधी हिंसात्मक आन्दोलन पनि मच्चिएको थियो । उनले मुलुकको संविधानको पनि उल्लंघन गरेको विपक्षीहरुले आरोप लगाएका थिए ।
यस वर्षको सुरुआतमा हाइटीको राजधानी र अन्य सहरमा राष्ट्रपतिको राजीनामा माग गर्दै ठूलो आन्दोलन भएको थियो । गत फेब्रुअरी ७ मा राष्ट्रपतिको कार्यकाल सकिनुपर्ने विपक्षीहरुको तर्क थियो । मोइसेले भने आफूले एक वर्ष काम गर्न नपाएको भन्दै थप एक वर्षको कार्यकाल चाहिने अडान लिँदै आएका थिए ।
मोइसेले यस वर्षको सुरुआतमा नै आफ्नो हत्या गरी हाइटीमा कू गर्न लागिएको बताएका थिए । सो क्रममा आफ्नो पद बचाउन उनले सर्वोच्च अदालतका न्यायधीश र वरिष्ठ नेतासहित २३ जनालाई पक्राउको आदेश दिएका थिए ।
लामो समयदेखि अस्थिर रहँदै आएको हाइटीको राजनीति राष्ट्रपतिको हत्यासँगै थप अस्थिर बन्ने र हिंसा भड्किन सक्ने आशंका बढेको छ ।
एजेन्सीको सहयोगमा


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?









प्रतिक्रिया