

जसपा विवाद निरुपण गर्न ५ सदस्यीय इजलास : ३ साउनदेखि सुनुवाइ



काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले ५ सदस्यीय इजलास गठन गरेको छ ।
निर्वाचन आयोगका पदाधिकारीहरूको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा अन्य चार आयुक्तहरु ईश्वरी प्रसाद पौडेल,रामप्रसाद भण्डारी,जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा सम्मिलित पाँच सदस्यीय इजलास गठन गरेको हो । आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार विवाद निरुपण गर्न आगामी साउन ३ गतेबाट सुनुवाइ सुरु हुनेछ ।
सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । आयोगले जसपाका दुवै पक्षलाई कानुन व्यवसायी राख्ने भए साथै ल्याउन समेत भनेको छ ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।
सो ऐनअनुसार दुबै पक्षलाई बोलाएर आयोगले मंगलबार सहमति जुटाउने प्रयास गरेको थियो । तर उक्त प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको हो । मेलमिलापका लागि मंगलबार आयोग पुगेका जसपाका उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष मिलाप असम्भव भएकाले ‘डिभोर्स’ गर्न तयार भएको बताएका थिए ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया