

राजेन्द्र महतोको रहर…



काठमाडौं
नयाँ जोगीले बढी खरानी घस्छ, उसै भनिएको होइन । राजेन्द्र महतो २१ जेठमा उपप्रधानसहित शहरी विकास मन्त्री नियुक्त भए । दुई हप्तापछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा पुगे र त्यहाँका कर्मचारीलाई क्वार्टरको व्यवस्थापन र मर्मत सम्भार गर्न निर्देशन दिए । विभागीय मन्त्रीकै निर्देशन पाएपछि कर्मचारीले हतार हतार सिनियर डिभिजनल इञ्जिनियर महालक्ष्मी जोशी र पवित्रा बस्नेतलाई ८ असारको दिन अध्ययनका लागि पुल्चोक पठायो । रमाइलोचाहिँ जुन दिन कर्मचारी मन्त्री क्वार्टरमा खटिए, सोही दिन सर्वाेच्चले मन्त्रीको पद खाइदियो ।
पुल्चोकस्थित मन्त्री क्वार्टर ०३२ सालमै बनेको हो, त्यहाँ ए देखि डीसम्म ४ वटा ब्लक छन् । मन्त्रीकै निर्देशन पाएपछि कर्मचारीले कहाँ के बिग्रिएको छ ? कुन सामग्री आवश्यक छ भन्ने ५ पन्ने प्रतिवेदन तयार पारेका छन् । प्रतिवेदनअनुसार सी फोर र डी २ ब्लकबाहेक अन्य ब्लक र क्वार्टरमा कतै पानी चुहिने, कतै फ्लस बिग्रिएको, बत्ती बिग्रिएको, प्यान फेर्नुपर्ने, ढलको पानी बाहिर बग्ने गरेकोलगायत समस्या छ ।
ए वानभित्र ५ वटा ब्लक छन् । जहाँ कुनै ब्लकमा गिजर, रंगीन माला बत्ती र स्यानिटाइजर मेसिन बिग्रिएको, मुख्य प्रवेशद्वारको जाली फेर्नुपर्नेदेखि वाइफाइको राउटर बिग्रेको समस्या टिपोट गरिएको छ ।
यस्तै, ब्लक बीभित्र रहेका ४ वटा क्वार्टरमा कतै किचन र बैठक कोठामा पानी चुहिने, कोठाको बत्ती बिग्रेको, किचेनको पाइप बिग्रेकाले पानी जाम हुने, ढलबाट पानी पास नभई बाहिर जाने, डोरम्याट नआएको समस्या टिपोट भएको छ ।
ब्लक सीभित्र ५ वटा भवन रहेकोमा प्रिन्टर, टेलिफोन सेटको अभाव, वाइफाइको स्पिड कम भएको, मास्टर बेडको गलैंचा नआएकोजस्ता समस्या देखिएको छ । डी ब्लकमा ५ वटा भवन रहेकोमध्ये टि–टेबल बिग्रेको, एसी नचल्ने, पानी चुहिने, इन्भर्टर किन्नुपर्ने, कम्प्युटरमा करेन्ट लाग्नेलगायत समस्या छ ।
दिउँसोसम्म सबै टिपोट तयार पारी प्रतिवेदन तयार पार्दासम्म मन्त्री नै भूपू भइसकेका थिए । यो समाचार जनआस्था साप्ताहिकमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया