

अभियान सकिएको भन्दै अमेरिकी सेनाले अफगानिस्तानको बगराम एयरबेस छोड्यो



एजेन्सी
अमेरिकी सेनाले अफगानिस्तानको बगराम एयरबेस छोडेको छ । रातको समयमा अफगानिस्तान सरकारलाई जानकारी नगराइकन अमेरिकी सेनाले बगराम एयरबेस छोडेका बीबीसीले जनाएको छ ।
अफगानिस्तानको सुरक्षाफौजले पनि यसबारे पुष्टि गरेको खबरमा उल्लेख छ । तर अमेरिकाले भने त्यहाँका नेताहरुलाई जानकारी गराएर मात्रै बगराम एयरबेस छोडेको प्रतिक्रिया दिएको छ । अमेरिकाले बगराम एयरबेस छोडेको र योसँगै अफगानिस्तानमा अमेरिकी सैन्य अभियानको अन्त्य भएको बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ भन्दा पहिले अफगानिस्तानमा रहेका आफ्ना सैनिकलाई स्वदेश फर्काउने यसअघि नै घोषणा गरिसक्नु भएको छ । अफगानिस्तानका विभिन्न राज्यमा अहिले विद्रोही समूह तालिबानले कब्जा जमाउन थालेको छ । अमेरिकी सेनालाई स्वदेश फर्काउने तयारी भएसँगै त्यहाँ तालिबानको सक्रियता बढेको छ ।
बगराम एयरबेसका ग्रामीण क्षेत्रमा पनि तालिबान सक्रिय रहेका त्यहाँका एक पत्रकारले बताएका छन् । सन् २००१ मा अमेरिकाको आक्रमणपछि तालिबानी लडाकु बगराम एयरबेसबाट भागेका थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया