

९ हजार बढीले लगाउँदै कपिलवस्तुमा भेरोसेलको दोस्रो डोज खोप


नवराज बेल्वासे
कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूका लागि मंगलबारदेखि दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । कपिलवस्तु सहित देशभर आज देखि आगामी तीन दिनका लागि खोपको दोस्रो मात्रा डोज लगाउन सुरु गरीएको हो ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो । पहिलो मात्रा लगाएका तीन लाख ७० हजार भन्दा बढी नागरिकलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।
यता कपिलवस्तु जिल्लामा भेरोसेलको पहिलो खोप लगाएका ९ हजार ५ सय ५० जनालाई खोपको दोस्रो डोज दिन लागिएको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार आज जिल्लाका १० वटै पालिका स्थित तोकिएका खोपकेन्द्रबाट नागरिकहरुलाई खोप लगाइएको छ ।
यस्तै बाणगंगा नगरपालिका भित्रका १७ सय नागरिकहरु मध्ये आज पहिलो दिन ८ सय ८५ जनाले खोप लगाएका छन् । अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत अहिले दोस्रो डोज लगाउन पाउने व्यवस्था मिलाइएको छ । खोप लगाउन यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य गरिएको थियो । पछिल्लो पटक ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । खोप अभियान देशभर सञ्चालन भएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया