

जसपाको आधिकारिकता दावीका लागि दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विवादमा निर्वाचन आयोगले आज दुवै पक्षसँग छलफल गर्दैछ । दुई अध्यक्ष रहेको जसपामा दुवै अध्यक्षले आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दिएपछि छलफल हुन लागेको हो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो ।दुवै पक्षसँगको छलफलपछि पनि सहमति नभए आफैं सुनुवाई गर्ने प्रक्रियामा प्रवेश गर्ने आयोगले बताएको छ ।
पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ।
जसपाको उपेन्द्र यादव पक्ष विपक्षी गठबन्धनमा सामेल भएको तथा महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएपछि दुवै पक्षको विवाद चर्किएको थियो । त्यसपछि दुवै पक्षले पार्टीको आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दिएका छन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया