

युरो कपको सेमिफाइनल समीकरण पूरा : इङ्ग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क अन्तिम चारमा


काठमाण्डाै
युरो कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा भइरहेको १६ औं संस्करणको युरो कप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
गएराति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ ।
चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै इङ्ग्ल्यान्डले युक्रेनलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएरातिको खेलसँगै इङ्ग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क युरो कपको अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् । अब इटली र स्पेनबीचको खेल बुधवार राति पौने १ बजे हुनेछ भने डेनमार्कले इङ्ग्ल्यान्डसँग बिहीवार राति पौने १ बजे प्रतिस्पर्धा गर्ने भएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया