

नेपाललाई ओलीको प्रश्न–जेठ २ मा फर्किँदा पनि बैठकमा किन सहभागी नभएको ?



काठमाडौं
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा फर्किएपछि पनि किन बैठकमा सहभागी नभएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रश्न गरेका छन् । माधव नेपाल पक्षकै मागअनुरुप आफूहरु जेठ २ मा फर्किएपनि नेपाल बैठकमा सहभागी नभएको भन्दै उनले शनिबारको केन्द्रीय समिति बैठकमा आक्रोश पोखे ।
‘जेठ २ मा फर्किएपछि उहाँहरु आउनुपर्दैन ? जति गर्दा पनि जस्ताको जस्तै छ । केही पनि फरक परेको छैन ’, उनले भने । यद्यपी उनले माधव नेपाल बैठकमा नआएपनि पार्टी गतिशील ढंगले अघि बढ्ने स्पष्ट पारे ।
सो क्रममा उनले विपक्षी मोर्चा कसका विरुद्ध बनेको भन्दै प्रश्न पनि गरेका छन् । ‘विपक्षी मोर्चाका कसका लागि बनेको हो । मलाई बनाइदिनुस् त साथीहरु’, एमाले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो विपक्षी मोर्चा कोभिडविरुद्ध लड्न बनाएका हुन् यिनीहरुले ? बाढीपहिरो पीडितको उद्दारका लागि हो ?’
उनले नेता घनश्याम भुसालमार्फत आफूले नेपालसँग टेलिफोनमा कुरा गरेको पनि ओलीले बताए । सो क्रममा नेपालले एकताका लागि केन्द्रीय कमिटी रोक्ने भनेपछि आफूले सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन भनेको जानकारी दिए । तर नेपालले नमानेको ओलीको भनाइ छ । ‘जसले हाम्रो पुत्ला जलाउँदै हिँडेछ, अनि उनीहरूका लागि हामीले बैठक रोक्नुपर्ने ?’ ओलीको आक्रोश छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया