

माधव नेपालको जेठ २ काे सर्त स्वीकार्न सकिँदैन : महासचिव पाेखरेल



काठमाडौँ
नेकपा (एमाले)का महासचिव ईश्वर पाेखरेलले झलनाथ खनाल-माधवकुमार नेपाल पक्षले भन्दै आएकाे २०७५ जेठ २ काे सर्त स्वीकार्न नसकिने बताएका छन् । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा महासचिव पाेखरेलले उक्त कुरा बताएका हुन् ।
छलफलका क्रममा शनिबार केन्द्रीय कमिटी सदस्यले राखेका प्रश्न तथा दिएका सुझावकाे जवाफ दिने क्रममा महासचिव पाेखरेलले भने, ‘नेकपा एकीकरणका बेलाको भावनामा अगाडि बढेका छाैं । माधव नेपालहरूले जेठ २ लाई यान्त्रिक रूपमा राख्नुभएको छ, त्यो स्वीकार्न सकिन्न,’ उनले भने ।
२०७५ जेठ २ यता पार्टीमा धेरै व्यक्ति जाेडिएकाे भन्दै पाेखरेलले जिल्ला र प्रदेश तहमा पनि त्यसरी नै अगाडि बढ्न निर्देशन दिए । पाेखरेलले थपे, ‘जेठ २ का नाममा पार्टी एकतालाई कमजोर बनाउने, भत्काउने र पार्टीलाई अस्तव्यस्त बनाउनेलाई जिम्मेवारी दिन सकिँदैन ।’ याे विषयमा प्रष्ट हुन जरुरी रहेको उनले बताए ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया