

अब खोप अभियान निरन्तर चल्छ – प्रधानमन्त्री



काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप अभियान निरन्तर चल्ले दाबी गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप लगातार आउने क्रम सुरु भएकाले निरन्तर खोप अभियान चल्ने दाबी गर्नुभयो । खोप पाउन केही समय समस्या भए पनि मित्रराष्ट्रहरूसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको जिकिर गर्नुभयो ।
भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अघि बढिसकेको ओलीको दाबी छ । कोभिडबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोपमार्फत कोरोना सर्न नपाउने स्थितिमा पुर्याउने जिकीर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने दोहो¥याउनुभयो । सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दाबी गर्दै उहाँले खोप आउन थालेपछि थप सुरक्षित हुने बताउनुभयो ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया