

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकिन अब, ७ घण्टा बाँकी



काठमाडौं
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ साँघुरिएको छ । अब, जम्मा ७ घण्टाको सुनुवाइपछि संवैधानिक इजलासले विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्नेछ । यस पटक बेन्चले नै बहसको लागी समय तोकेको थियो । बेन्चले तोकेको समय जम्मा ७ घण्टा बाँकी रहेको छ । सो समय अवधिमा ३ कोणबाट बहस हुनेछ ।
सभामुख अग्निप्रसाद सापकोटाको तर्फका कानुन व्यवसायीको बहस आइतबार हुनेछ । सभामुख तर्फको बहस सकिएपछि रिट, निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि एमिकस क्युरी (अदालतका सहयोगी)ले संविधानको धारा ७६ (५) र राष्ट्रपतिको अधिकारको सम्बन्धमा संवैधानिक इजलासमा स्वतन्त्र राय दिनेछन् ।
आइतबार सभामुखको तर्फबाट दुई घण्टा बहस हुने अधिवक्ता श्रीकृष्ण सुवेदीले रातोपाटीलाई बताए । सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।
निवेदकका तर्फबाट जवाफी बहसका लागी ३ घण्टा समय छ । सो समय भित्र काँग्रेस सभापति शेर बहादुर देउवा सहितका सांसदहरूको तर्फबाट ४ जना वरिष्ठ अधिवक्ताले जवाफ दिनेछन् ।
जवाफी बहसका लागी वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ, शम्भु थापा, बद्री बहादुर कार्की र हरिहर दाहालको नाम टुङ्गो लागेको छ । जवाफी बहसका लागी चार जनाको नाम टुङ्गो लागेको वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले बताए ।
अनि, एमिकस क्युरीको पालो
जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् । सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई–दुई जना एमिकस क्युरी छनोट गरिएको छ । विघटनको मुद्दाको सुनुवाइमा अदालतलाई सहयोग गर्न सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई पठाएको छ ।
नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा पठाएको छ । एमिकस क्युरीका लागी संवैधानिक इजलासले २ घण्टा समय छुट्याएको छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया