आपराधिक क्रियाकलापमा सम्लग्न जो सुकैलाई कानुनी दायरामा ल्याउने प्रहरी उपरिक्षक कार्कीको भनाइ

कपिलबस्तु, असार १८
आपराधिक क्रियाकलापमा सम्लग्न जो सुकैलाई कानुनी दायरामा ल्याउने प्रहरी उपरिक्षक दानबहादुर कार्कीले बताउनुभएको छ ।  जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा हालै मात्र सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक कार्कीले पत्रकार सङगको अन्तरकृया कार्यक्रममा सो कुरा बताउनु भएको छ । पहिलेका पुराना पुराना घटनाहरुलाई मुल्यांकन गरि कानुन कार्यन्वयनको माध्यमले दण्डदिनु आफ्नो कर्तव्य भएको बताउदै हिनता अन्त्य गर्ने, कानुनी साशनको स्थापना गर्ने प्रहरी उपरीक्षक कार्कीको भनाइ छ ।
त्यसैले कोही कतै लुकेर, भागेर छल्न नसक्ने दाबी गर्नुभयो । राज्यभन्दा ठूलो व्यक्ति हुदैन भने कानुनको दायराबाट उम्केको व्यक्तिलाई हामीले विस्तारै कानुनी दायरामा ल्याउने प्रहरी उपरिक्षक कार्किको भनाइ छ । जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गर्न कार्ययोजना नै बनाएर काम गर्नु पर्ने बताएका छन् ।
आन्तरिक व्यवस्थापन, बाह्य व्यवस्थापन, अपराधनियन्त्रण, अपराध अनुसन्धान, नगरीक सुशासन लयायतको विषयलाई लिएर कार्य गर्ने भनाइ छ । काम गर्दा नागरिक, संचार माध्यम, लगायत विभिन्न संघ सस्थाको सहकार्य आवस्यक रहेको कार्किले बताउनुभयो । यस्तै अन्तर्कृया कार्यक्रममा पत्रकार महासङघ जिल्ला अध्यक्ष किरनमान बज्राचार्यले प्रहरीले गरेका विभिन्न कार्यहरु छिटोभन्दा छिटो सुचना दिन आग्रह गर्नुभयो । कार्यक्रममा विभिन्न मिडियाका मिडियाकर्मिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै