

श्रीलंका विरुद्धको एकदिवसीय सिरिज इङ्ल्यान्डलाई



एजेन्सी
श्रीलंका विरुद्धको ३ खेलको एकदिवसीय सिरिज घरेलु टोली इङ्ग्ल्यान्डले हात पारेको छ । उसले बिहीबार भएको दोस्रो खेलमा ८ विकेटको सहज जित निकाल्दै एक खेल अगावै सिरिजमाथि कब्जा जमाएको हो ।
श्रीलंकाले दिएको २४२ रनको लक्ष्य इङ्ग्ल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
इङ्ग्ल्यान्डका जो रुट र कप्तान इयान मोर्गानले तेस्रो विकेटका लागि अविजित १४० रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । मोर्गानले ८३ बलमा ८ चौका र १ छक्काको मद्दतमा ७५ रन प्रहार गर्दा रुटले ८७ बलमा ५ चौकाको मद्दतले ६८ रनको योगदान दिए ।
६० रनको अर्धशतकीय पारी खेलेका जेसन रोयले ५२ बलमा १० चौका प्रहार गर्दा जोनी बेरिस्टोले २९ रन जोडे ।
श्रीलंकाका वानिन्दु हसरंगा र चमिका करुणारत्नेले समान १-१ विकेट हात पारे ।
यसअघि केनिङ्गटन ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४१ रनको योगफल तयार पारेको थियो ।
उसका लागि धनञ्जय डि सिल्भाले उत्कृष्ट पारी खेले ९१ रनको योगदान दिएका उनले ९१ बलमा १३ चौका प्रहार गरे । दासुन शनाकाले ४७, वानिन्दु हसरंगाले २६ र दुस्मान्था चमिराले अविजित १४ रन बनाए ।इङ्ग्ल्यान्डका साम करनले ५ र डेविड विलीले ४ विकेट हात पारे ।
जितसँगै इङ्ग्ल्यान्डले सिरिजमा २-० अग्रता लिएको छ । उसले पहिलो खेलमा ५ विकेटको जित हात पारेको थियो । तेस्रो तथा अन्तिम खेल जुलाई ४ मा हुनेछ ।


खबर सबै
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित







प्रतिक्रिया