

काँग्रेसमा क्रियाशील सदस्यता विवाद मिलाउन सकस



काठमाडौं
नेपाली काँग्रेसमा महाधिवेशनका मतदाताका रूपमा रहने क्रियाशील सदस्यताको विवाद किनारा लगाउन निकै सकस भएकोे छ । गाउँ तथा नगरको वडा अधिवेशन सुरु हुन तीन साताको हाराहारी मात्र समय बाँकी रहे पनि पार्टीको क्रियाशील सदस्यता विवाद अझै मिल्ने स्थिति देखिएको छैन ।
पार्टीका प्रभावशाली नेताहरूले नै यसलाई आफ्नो हारजितसित जोडेपछि एक दर्जनभन्दा बढी जिल्लामा अझै क्रियाशील सदस्यताको विवाद ज्यूँका त्यूँ रहेको पाइएको छ । विवाद मिलान चुनौतीपूर्ण काँग्रेसको क्रियाशील सदस्यताको विवाद पाँच सयभन्दा बढी वडामा अझै कायमै छ ।
काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी पार्टीका लागि क्रियाशील सदस्यताको विवाद मिलाएर १४औँ महाधिवेशन सम्पन्न गर्ने कुरा निकै सकस र चुनौतीपूर्ण भएको बताउछन् । संवैधानिक हिसाबले पनि भदौ १९ गतेभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यता काँग्रेसलाई छ तर पार्टीका मतदाता क्रियाशील सदस्यताको टुङ्गो नै लाग्न सकेको छैन । अझै पनि काठमाडौँ, नुवाकोट, चितवन, मोरङ, सुनसरी, कैलाली, सुर्खेत, काभ्रेपलाञ्चोक, स्याङ्जा, सिन्धुपाल्चोकलगायतका दर्जनभन्दा बढी जिल्लाको विवाद मिल्न सकेको छैन ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया