

मेसी र बार्सिलोनाबीचको सम्झौता सकियो, यी क्लबलाई मेसीमा चासो

एजेन्सी
बार्सिलोनाका समर्थकहरुले लामो समयदेखि जे डर मानेका थिए, त्यही दिन आएको छ । मेसी अब बार्सिलोनाका खेलाडी रहेनन्, आफ्नो पहिलो व्यवसाहिक सम्झौता गरेको ७ हजार ५ सय ४ दिनपछि यो पहिलोपटक हो, जतिबेला मेसीसँग क्लबको कुनै सम्झौता बाँकी छैन ।
जुलाई महिना सुरु भएसँगै मेसी क्लबविहिन बनेका हुन् । उनी चाहेको क्लबमा जानसक्छन् । बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेसीसँगको पुरानो सम्भौता सकिनु अगावै उनीसँग नयाँ सम्झौता गर्ने योजना बनाएका थिए, तर क्लबको आर्थिक समस्याका कारण ३० जुन अगावै सम्झौता गर्ने योजना सफल भएन ।
यसको अर्थ मेसीले क्लब नै छाड्दैछन् भन्ने पनि होइन । किनकी, क्लबका अधिकारी तथा प्रशंसकहरुलाई मेसीले नयाँ सम्झौतामा हस्ताक्षर गर्छन् भन्ने नै लागेको छ । मेसीले केही दिनभित्रै नयाँ सम्झौत ागर्ने अनुमान गरिएपनि केही पक्का भने भइसकेको छैन । मेसी अहिले कोपा अमेरिका फुटबल प्रतियोगिता खेल्नका लागि अर्जेन्टिनाको टोलीमा छन् ।
बार्सिलोनाका अध्यक्ष लापोर्टाले फ्यानहरुलाई शान्त रहन भनेका छन् । उनी चाडोंभन्दा चाडों मेसीसँग सम्झौता गर्न चाहन्छन् । स्थानान्तरणको हल्ला
मेसीका लागि ठूलो खर्च गर्नुपर्ने भएकाले चाहेर पनि सबै क्लबले मेसीलाई भित्र्याउन सक्दैनन् । विगतमा पेरिस सेन्ट जर्माइन, म्यानचेस्टर सिटी र इन्टर मिलानले मेसीलाई भित्र्याउने विषयमा चासो दिएका थिए ।
तर, यसपटक अन्य क्लबहरुसँग उनको कुराकानी भएको छैन ।
किनकी, जोआन लापोर्टा अध्यक्ष बनेर आएपछि मेसीलाई क्लबमै राख्ने कुरालाई प्राथमिकता दिइएको छ । त्यसैकारण, मेसी आफ्नो बाल्यकालदेखिकै क्लबमा बस्ने अनुमान गरिएको छ ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया