

पाँच विद्यार्थी संगठनले जलाए कपिलवस्तुमा प्रधानमन्त्रीको पुत्ला



कपिलवस्तु ।
कपिलवस्तुमा पाँच राजनितिक दलका भातृ संगठनहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका स्थित गोरुसिँगेमा मुख्य पाँच राजनितिक दलका विद्यार्थी संगठनहरुले चर्काे नाराबाजी सहित प्रधानमन्त्रीको पुत्ला जलाएका हुन ।
अनेरास्ववियु क्रान्तिकारीका हरिशचन्द्र खनाल, नेपाल विद्यार्थी संघका राकेश पाण्डे, नेकपा एमाले खनाल–नेपाल समुहका दिपक अनुरागी लगाएत अखिल छैठौँ सहितका पाँच राजनितिक दलका विद्यार्थी संगठनहरुले चर्काे नाराबाजी सहित विरोध प्रर्दशन गरेका थिए । प्रर्दशनका क्रममा प्रहरी हस्तक्षेपका कारण केहीबेर अवस्था तावनपूर्ण बनेको थियो ।
केपी ओली सरकारले पटक पटक असंवैधानिक कदमहरु चालिरहेको भन्दै विद्यार्थी नेताहरुले तत्काल प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् । संसद विघटन गर्ने ओलीको कदमले सिँगो राष्ट्र संकटमा परेको भन्दै विद्यार्थी नेताहरुले चर्काे नाराबाजी समेत गरेका छन् ।
बिरोध प्रर्दशनमा नेविसंघ जिल्ला उप सभापति शंकर न्यौपाने, महाधिवेशन प्रतिनिधि रुपक खनाल, नेविसंघ बुद्धभूमि नगर सभापति अच्युत अर्याल, नेविसंघ नेता विशाल अधिकारी, कल्याण खनाल, अखिल क्रान्तिकारीका मोहन शर्मा लगाएतका नेताहरुको उपस्थिति थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया