

नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३३ हजारमा झर्याे





काठमाण्डाै
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ९७ जना काेराेना सङ्क्रमणबाट मुक्त भएसँगै निकाे हुनेको सङ्ख्या पाँच लाख ९६ हजार एक सय ३२ पुगेको छ ।
याेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय ६१ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा काेराेना सङ्क्रमण निकाे हुने दर ९३ दशमलव ३ प्रतिशत रहेकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ९२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ८७ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ८९ र चार हजार तीन सय ८१ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ३८ हजार आठ सय पाँच पुगेको छ ।
यस्तै काेराेना सङ्क्रमणका कारण थप ४१ जनाको ज्यान गएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार एक सय १२ पुगेको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया