

१८ औँ राष्ट्रिय धान दिवस कपिलवस्तुमा मनाइयो



अजय मिश्र, कृष्णनगर ।
आज असार १५ अर्थात १८ औँ राष्ट्रिय धान दिवस । कपिलवस्तु सहित देशभर विभिन्न किसिमले धान दिवस मनाइएको छ । सोही अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिकामा राष्ट्रिय धान दिवसको अवसरमा नगरपालिकाको कृषि विकास शाखाले धान दिवस तथा रोपाई महोत्सव मनाएको छ ।
कृष्णनगर नगरपालिका कृषि शाखाको आयोजना तथा श्रीगणेश बहुउद्देशीय कृषक समुहको सहयोगमा ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भता र समृद्धि’ भन्ने नाराका साथ १८ औं धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले उद्धघाटन गर्दै धान उत्पानमा नगरपालिकालाई आत्मनिर्भर बनाउने गरी कृषि क्षेत्रमा आधुनिक प्रणालीको विकास गर्न खोजिएको बताउनुभयो । यस्तै कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, कृषि शाखा प्रमुख चन्द्र राम चौधरी, वडाध्यक्षहरू, कर्मचारी लगाएतले धान रोपाईमा सहभागि हुनुभएको थियो । कार्यक्रमको संचालन कृषि शाखा कृष्णनगरका अधिकृत सुदिप कुमार मौर्यले गर्नुभएको थियो ।
यसैबिच आजको दिनलाई दही चिउरा खाने दिनको रुपमा पनि लिने गरीन्छ । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन प्रचलन छ । वर्षदिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाई गरी सोही महिनाको मध्य तिथिका रुपमा दहीचिउरा खाने प्रचलन गरिएको हो । मानिसहरु जङगली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि आजको दिन दही च्यूरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ ।
वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरि २०६२ साल असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । त्यस यता कपिलवस्तुमा पनि हरेक वर्ष धान दिवसको अवसरमा विभिन्न किसिमले धान रोपाई गर्ने गरिएको छ ।
यसैबिच उता जिल्लाको मायादेवी गाउँपालिकामा पनि कृषि ज्ञान केन्द्र कपिलवस्तुको आयोजनामा आज धान दिवसको अवसरमा रोपाई महोत्सव गरिएको छ । कपिलवस्तुमा हरेक वर्ष धान महोत्सव र दिवस मनाउँदै आइएको भए पनि अधिकाशं धान उर्वर भुमि प्रयाप्त सिँचाई सुविधाबाट बिञ्चत छन भने किसानहरु कृषिमलको अभावमा राम्रो उत्पादन लिन नपाएकोमा निराश हुने गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया