

कपिलवस्तुमा सार्वजनिक यातायात खुल्ला हुने गरी थपियो निषेधाज्ञा



कपिलवस्तु ।
बैशाख महिना देखि जारी निषेधाज्ञाको समय कपिलवस्तुमा फेरी एक हप्ता थप गरिएको छ । यद्यपी यस पटकको निषेधाज्ञाको स्वरुपमा भने बदली आएको छ । जिल्ला प्रशासन कार्यालयले यस पटक सार्वजनिक यातायातका साधन संचालन गर्न पाउने गरी निषेधाज्ञाको समय थप एक हप्ता बढाएको छ ।
सोमबार जिल्ला प्रसाशन कार्यालय कपिलवस्तुमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सम्पन्न बैठकले अब दैनिक विहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसलहरु खोल्न पाईने जनाएको छ ।
कोरोना सङ्क्रमणको जोखिम भने अझै कायमै रहेका कारण पूर्ण रुपमा निषेधाज्ञा नहटाइएको प्रमूख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले बताउनुभयो । अहिले पनि जोखिम कायमै रहेका कारण सतर्कता अपनाउने भने छोड्न नहुने उहाँले बताउनुभएको छ ।
सार्वजनिक यातायातका साधनहरु पनि बिहान ६ बजे देखि साँझ ६ बजे सम्म मात्रै संचालन हुन पाउने सहायक प्रमूख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो । उहाँका अनुसार तीन वटा विषयमा मात्र बैठकले निर्णय गरेको र अन्य क्षेत्रहरु पुरानै स्थितिमा रहने नेपालीले जानकारी दिनुभयो ।
पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । निषेधाज्ञाको समय सकिनु अगावै जिल्ला प्रशासन कार्यालयले केही खुकुलो हुने गरी एक हप्ता समय थप गरेको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया