लुम्बिनी प्रदेश सरकारले रोप्यो एक घण्टामा २० हजार बढी बिरुवा

बुटवल ।
लुम्बिनी प्रदेश सरकारको लक्ष्य अनुसार १ घण्टामा २० हजार बढी बिरुवा रोपिएको छ । राष्ट्रिय रेकर्ड कायम गर्ने लक्ष्य अनुसार प्रदेश सरकारले ‘तेस्रो वृक्षारोपण मुल समारोह कार्यक्रम’ नाम दिएर पश्चिम नवलरासीको सुनवल नगरपालिका जर्गाहास्थित कोटही देवी सामुदायिक वनमा वृक्षारोपण गरेको हो ।
कोरोना महामारीका बीच प्रदेश सरकारले १५ सय बढी व्यक्तिहरुको सहभागितामा वृक्षारोपण गरिएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दै नेपालमा ५० प्रतिशत वन क्षेत्र रहेको भए पनि काठ पैदावार विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए । कार्यक्रमबारे जानकारी दिदैं उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले नेपालमै रेकर्ड कायम गर्ने गरी प्रदेश सरकारले ‘मुल समारोह कार्यक्रम’ तय गरेर वृक्षारोपण गरिएको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया

खबर सबै