

चीनले असारभित्र नै खोप उपलब्ध गराउने


काठमाडौं
चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो।
बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘चीनस्थित नेपाली दूतावासलाई जानकारी भएअनुसार २० देखि ३० लाख डोज खोप दिने कुरा छ तर यति नै दिने भनेर यकिनसहितको पत्र आइसकेको छैन’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ डा. रोशनकुमार पोखरेलले भने। खरिदअन्तर्गत आउने यो खोपको मूल्य भने एउटाको १० देखि १४ अमेरिकी डलर पर्नेछ। चीनले नेपाललाई सिनोफार्म कम्पनीबाट उत्पादित ‘भेरोसेल खोप’ बिक्री गर्न लागेको हो।
लिखित रुपमा सम्झौतापत्र आइनसके पनि चीनले विश्वका ५० भन्दा बढी देशमा खोप बिक्री गरिरहेको र १ सय देशलाई सहुलियत दरमा बिक्री गरिरहेकाले नेपाललाई पनि सहुलियत दरमा खोप बिक्री गर्ने सम्भावना रहेको मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले बताए। ‘नेपाल चीनको मित्र राष्ट्र भएकाले पनि उसले खोप सहुलियत दरमा बिक्री गर्ने सम्भावना देखिन्छ’, डा. पोखरेलले भने।
यो समाचार आजको नागरिक दैनिकमा छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया