

युरो कप फुटबलमा आज स्पेन र क्रोएसिया तथा फ्रान्स र स्विट्जरल्यान्ड खेल्दै



काठमाण्डाै
युरो कप फुटबलको नकआउट चरणमा आज दुई वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा डेनमार्कको पार्केन एरिनामा राति पौने दश बजे स्पेन र क्रोएसिया तथा रोमानियाको नेसनल एरिनामा राति पौने एक बजे फ्रान्स र स्विट्जरल्यान्ड खेल्न लागेका हुन् । स्पेन समूह ‘ई’बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
स्पेनले ३ खेल खेलेकोमा स्विडेन र पाेल्यान्डसँग बराबरी खेलेको थियो भने स्लोभाकियालाई ५–० गोलले हराएको थियो । क्रोएसिया समूह ‘डी बाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । क्रोएसिया इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । त्यस्तै चेक रिपब्लिकसँग बराबरी र स्कटल्यान्डलाई ३–१ गोलले हराएको थियो ।
यस्तै साविकको उपविजेता फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फ्रान्सले जर्मनीलाई हराएको थियो भने हङ्गेरी र पोर्चुगलसँग बराबरी खेलेको थियो । स्विट्जरल्यान्ड समूह ‘ए ‘बाट उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । स्विट्जरल्यान्डले वेल्ससँग बराबरी खेलेको थियो भने इटलीसँग पराजित भएको थियो । त्यस्तै टर्कीलाई ३–१ गोलले हराएको थियो ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया