

ओलीले बोलाएको आयोजक कमिटीको बैठकमा माधव समूह नजाने



काठमाडौं
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १६ गते बोलाएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल नेपाल समुह नजाने भएको छ । पार्टी एकताको प्रयास भइरहेका बेला एकपक्षीय ढंगले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर ओलीले एकताविरोधी काम गरेको भन्दै उक्त बैठकको औचित्य नभएको र ओली एकताको पक्षमा नरहेको पुष्टि भएको जनाएको छ ।
एमाले विवाद समाधानका लागि २०७५ जेठ २ मा पार्टीलाई फर्काउने विषयमा नेताहरुबीच अनौपचारिक छलफल भइरहेका बेला अध्यक्ष ओलीले आफु पक्षीय स्थायी समिति बैठक बोलाएर आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका थिए ।
‘आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठिरहेका बेला सोही कमिटीको बैठक बोलाउनु भनेको उहाँ एमाले एकता चाहानुहुन्न भन्ने थप प्रस्ट भयो’, असन्तुष्ट पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले भनिन्, ‘हामी त्यो बैठकमा जाने त कुरै हुदैन ।’
‘ओली अझैपनि एकलौटी र मनपरी गर्दैछन्, हामी त्यो बैठकमा जाँदैनौ’, शाक्यले भनिन्‘हामीले जेठ २ गतेको अवस्थामा पार्टी बैठक बोलाउनुपर्छ भनेर भनिरहेका छौ यदि त्यो हिसाबको बैठक बोलाइयो भने त्यसमा सोच्न सकिन्छ होइन यसैगरी हिँड्न खोज्ने हो भने त कसरी हुन्छ र ?’
उनले आयोजक कमिटीलाई सर्वोच्चले नै मान्यता नदिएको अवस्थामा त्यस्तो कमिटीको बैठक बोलाउनुको औचित्य समेत नरहेको बताइन् ।
शाक्यले ओलीले एमाले एकता चाहेको भए अर्का नेता माधवकुमार नेपालसँग दिल खोलेर गर्नसक्नुपर्ने र त्यसपछि सहमतिमा अघि बढ्न सकिने भएपनि ओली त्यो पक्षमा रहँदै नरहेको बताइन् ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया