

कलाकारको पिडा : काला वर्णका ले काम नै पाउँदैनन्’ : बेलायत


लन्डन
ब्रिटिस अभिनेत्री नाताली इमानुयलले बेलायती चलचित्र उद्योगमा रंगका आधारमा भेदभाव हुने गरेको दाबी गरेकी छन्।
चर्चित अमेरिकन सिरिज ‘गेम अफ थ्रोन्स’ र ‘फास्ट एन्ड फ्युरियस’मा अभिनय गरिसकेकी इमानुयलले बेलायतमा काला वर्णका कलाकारहरूले मौका नपाउने भएकाले अमेरिका पलायन हुन बाध्य भएको बताएकी हुन्। बेलायतका काला वर्णका मानिसहरूले पाएका दुःख र गर्नु परेको संघर्षका बारेमा बोल्दा निकै भावुक बनेकी इमानुयलको आँखामा आँसु छचल्किएको थियो।
‘बेलायती फिल्म उद्योगले हामीलाई खुसीले कहिले पनि अँगालेन। मजस्ता कयौं कालो वर्णका कलाकारहरू अमेरिका पलायन भएका छन्। किनभने बेलायतमा हामीलाई कुनै अवसर नै दिइँदैन’, उनले भनेकी छन्, ‘जसले गर्दा कयौं प्रतिभाशाली कलाकारहरू समयसँगै कतै हराए अत्तोपत्तो छैन।’
३२ वर्षीया अभिनेत्री इमानुयलले बेलायतमा अवसर पाएको भए आफू देश छोडेर अमेरिका पलायन नहुने पनि बताएकी छन्। उनले अहिले आफू अमेरिकाको फिल्म उद्योगमा रमाइरहेको र अमेरिकी चलचित्र उद्योगले पनि फरकफरक पृष्ठभूमिका मानिसहरूलाई मौका दिइरहेको उल्लेख गरेकी छन्। उनले आफ्नो देश छोडेर अमेरिका बस्ने निर्णयप्रति अहिले गर्व महसुुस गरिरहेको बताएकी छिन्।
‘अमेरिकामा धेरै देशका मानिस अटाएका छन्। उनीहरूले आफ्नो क्षमता र योग्यताअनुसार काम पनि पाइरहेका छन्’, उनले भनेकी छन्, ‘तर यहाँ पनि केही परिवर्तन भने गर्नु पर्नेछ। हामी त्यो मुद्दालाई उठाई पनि रहेका छौं।’ इमानुएलले गत महिना पनि हलिउडमा देखाइँदै आएको नग्नताका विषयमा पनि वकालत गरेकी थिइन्। जसलाई लिएर अहिले पनि विभिन्न बहसहरू भइरहेका छन्।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया