

आजको मौसम : कतै सामान्य र कतै ठूलो वर्षा, यो हप्ता चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना



काठमाण्डौ
अहिले प्रदेश एक र दुईमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशहरुमा भने मौसम आंशिकदेखि पूर्ण बद्ली रहेको छ । आज दिउँसो देशभर बद्ली भइ कतै सामान्य र कतै ठूलाे पानी पर्ने सम्भावना छ । आज दिउँसो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मध्यम खालको वर्षा हुने मौसमविद् मन्जु बासीले बताउनुभयो ।
प्रदेश एक, दुई र लुम्बिनी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज राति भने प्रदेश एक र वाग्मतीमा भने ठूलो पानी पर्ने सम्भावना रहेको छ । हिजो अस्तिको तुलनामा आज पानी कम पर्ने मौसमविद् बासीको भनाइ छ । पर्सिदेखि भने फेरि मनसुन थप सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
यसैबीच, यो हप्ता देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । प्रदेश-१ र २ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो ।
हप्ताभरि नै यी प्रदेशहरुमा समान्यदेखि पूर्ण बद्ली हुनेछ भने हल्कादेखि ठूलो पानी पर्नेछ । बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ । यी प्रदेशमा हप्ताको सुरु तथा मध्यमा थोरै ठाउँमा र अन्त्यतिर केही ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी/हिमाली भूभागका केही ठाउँहरुमा हिउँ पर्ने पनि सम्भावना देखिएको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया