

बेलायत : सङ्क्रमण बढ्दै, सङ्क्रमितमध्ये ९० प्रतिशतमा डेल्टा भेरियन्ट पाइयो


काठमाण्डाै
बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण भएकाे पाइएको छ । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या भन्दा सबैभन्दा धेरै हो । कोरोनाका कारण गएको २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ ।
सङ्क्रमणको सङ्ख्या बढेसँगै बेलायतमा तेस्रो लहरको जोखिम बढेको छ । त्यहाँ एक महिनायता दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको बीबीसीले जनाएको छ । बेलायतमा पाइएको सङ्क्रमणमध्ये ९० प्रतिशत डेल्टा भेरियन्ट रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
कोरोना विरुद्धको खोपका कारण सङ्क्रमितमा गम्भीर लक्षण भने देखिने समस्या घट्दै गएको खबरमा उल्लेख छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया