

उपेन्द्र यादवले भने संसद पुनर्स्थापना हुन्छ, देउवा प्रधानमन्त्री बन्छन्



सप्तरी
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।
शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै उनले सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गरे । ‘संसदको पनि पुर्नस्थापना हुन्छ । लोकतन्त्रको पनि रक्षा हुन्छ । हामी यसमा ढुक्क छौं’ उनले भने ।
अध्यक्ष यादवले सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गरे । ‘कसैको मुद्दा फिर्ता भएको छैन, कुनै माग पूरा भएको छैन’ अध्यक्ष यादवले भने, ‘केपी ओलीले त मधेशको माग सुन्नै चाहेका छैनन् । माग कसरी पूरा गर्छन् ?’
मधेशको माग जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकार, ७ प्रदेशको सट्टा गरी १० जोड १ प्रदेशको अवधारणा ल्याउने भएपनि कुनै माग पूरा नभएको बताए ।
नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको यादवले आरोप लगाए । संसदमा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसदभित्रै पारित नगराई अध्यादेश बाट ल्याइएको भन्दै उनले भने, ‘एकातिर अध्यादेश जारी गरे, अर्काेतर्फ आफ्नै मान्छे लगाएर खारेज गर्न लगाए ।’
आत्मलोचना गरे ठीकै छ
जसपाभित्रको पूर्व राजपाका नेताहरु प्रतिगमनकारीलाई सघाएको अध्यक्ष यादवले बताए । ओलीको सरकारमा सहभागी भएकाहरु पार्टीमा पुनः आउन सक्ने उनले बताए ।
‘राजनीतिमा केही पनि असम्भव छैन । उहाँहरु बाटो परिवर्तन गरेर अग्रमगमनको बाटोमा आई आत्मोलचना गरे पार्टीमा रहन सक्नुहुन्छ’ उनले भने ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया