

माओवादी केन्द्र त्यागेर १४ जनप्रतिनिधि आयोगद्वारा पदमुक्त (नाम सहित)



काठमाण्डौ
निर्वाचन आयोगले माओवादी केन्द्रले कारबाही गरेका पालिकाका १४ जनप्रतिनिधिको पद रिक्त गरेको छ ।
२०७४ सालको पालिकाको चुनावमा माओवादी केन्द्रको तर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो । आयोगले विज्ञप्ति निकालेर माओवादी केन्द्र छाडेर एमालेमा गएका दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको हो ।
आयोगका अनुसार रौतहटको मैलापुर नगरपालिकाका मेयर रिना कुमारी शाह र कटहरीया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह पदमुक्त भएका हुन् । यस्तै महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई पनि आयोगले पदमुक्त गरिदिएको छ । यस्तै रौतहटको देवाही गुनाही नगरपालिकाका उपमेयर परनिया देवी, मैलापुर नगरपालिकाका उपमेयर गौरिशंकरप्रसाद, फतुवाविजयपुर नगरपालिकाका उपमेयर कान्ति देवी, माधवनारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह र कैलालीको भजनी नगरपालिकाका उपमेयर छायाँदेवी देवकोटा पदमुक्त भएका छन् ।
यसैबीच, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ का वडा अध्यक्ष सुरेश कुमार थापा, कैलालीको गौरीगंगा नगरपालिका ४ का वडा अध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका १ का शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका ४ का वडा अध्यक्ष पुरन सिंह वि.सी. पनि पदमुक्त भएका छन् ।



खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया