

गल्ती स्वीकार गरेर आउनुहुन्छ भने ओलीलाई स्वागत गर्नुपर्छ है शेरबहादुरजी : माधव नेपाल



काठमाण्डाै
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती र कमी–कमजाेरी सच्याएर आए केपी ओलीलाई स्वागत गर्नुपर्ने बताउनुभएकाे छ । बिहीवार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरूसँगकाे अन्तरक्रियामा बाेल्दै नेता नेपालले यस्ताे बताउनुभएकाे हाे ।
‘मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ । गल्तीलाई स्वीकार गरेर, फेरि कोर्स करेक्शन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी’, उहाँले भन्नुभयाे ।
नेता नेपालले आफूहरू देश र नागरिककाे हितका निम्ति दृढताका साथ अगाडि बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताउनुभयो । आफूहरूको चिन्ता र चासो देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने रहेको पनि उहाँले बताउनुभयो ।
नेता नेपालले भन्नुभयो – ‘देशको हितका लागि, जनताको हितका लागि, समाजको परिवर्तनको लागि दृढताका साथ अगाडि बढिन्छ । यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो । यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन । कसरी देशको स्वाधीनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने हाम्रो चिन्ता र सरोकार त्यहाँ छ ।’
त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रतिनिधि सभा विघटनमा विदेशी शक्तिको हात रहेको दाबी गर्नुभयो । उहाँले भारतीय गुप्तचर प्रमुख नेपाल आएपछि नेपालको राजनीतिमा अप्रत्याशित रूपमा फेरबदल भएको उहाँकाे आराेप छ ।
प्रतिनिधि सभा विघटनविरुद्धको कदममा २०६२/०६३ को जनआन्दोलनका सहयात्री दलहरू एक हुनुपर्ने उहाँले बताउनुभयो ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया