

‘डेल्टा प्लस’ : यो प्रजातिको जोखिमबारे हतार नगर्न वैज्ञानिकको आग्रह


काठमाडौं
भारतले सुरुमा युरोपमा देखिएको भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेर परिभाषित गरे पनि यो प्रजातिले अत्यधिक खतरा निम्ताउने भनेर भन्न हतार गर्न नहुने वैज्ञानिकले बताएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले ‘डेल्टा प्लस’ भनेर भनिएको उक्त प्रजातिका बारेमा गरिएको एक अध्ययनले यो छिटो प्रसार हुने, फोक्सोमा कोषमा सजिलै टाँसिने तथा शरीरमा भाइरसको प्रभाव न्यून गर्ने मोनोक्लोनल एन्टिबडी थेरापी विधिलाई प्रतिरोध गर्ने देखिएको बताएको थियो। यसअघि पत्ता लागेको डेल्टा भेरियन्टसँग सम्बन्धित रहेको यो भेरियन्ट भारतमा महमारीको दोस्रो लहरको लागि जिम्मेवार मानिएको छ।
भारतको स्वास्थ्य मन्त्रालयले भारतमा अप्रिलमा देखिएको यो डेल्टा प्लस भेरियन्ट भारतका ती राज्यका ६ जिल्लाबाट संकलित गरिएका ४० नमुनामा यो भेरियन्ट देखिएको बताएको छ। ४० नमुनामध्ये १६ नमुना दोस्रो लहरबाट सवैभन्दा बढी प्रभावित महाराष्ट्रमा देखिएको छ। यो डेल्टा प्लस भेरियन्ट भारत, अमेरिका, बेलायत, पोर्जुगल, स्विटजरल्यान्ड, जापान, पोल्यान्ड, नेपाल, रुस र चीनसहित १० देशमा पाइएको छ भने डेल्टा भेरियन्ट विश्वका ८० देशमा देखिएको छ।
भाइरसमा लगातार उत्परिवर्तन भइरहन्छ र सबै उपत्परिवर्तन असंगत हिसाबमा हुन्छन्। केही उत्परिवर्तनले भाइरस स्वयंलाई नोक्सान गर्छन् भने अन्यले रोगलाई झन् बढी संक्रामक पार्ने गर्छन् भने यस्ता प्रजाति बढी हावी हुन्छ। सजिलै प्रसार हुने, सघन हिसाबले बिरामी पार्ने, उपचार तथा खोपको प्रभावकारितलाई निस्प्रभावी पार्ने तथा प्रतिरोधी क्षमतालाई ह्रास गर्ने खाले चरित्र देखिएपछि भाइरसको उत्परिवर्तनलाई ‘भेरियन्ट अफ इन्ट्रेष्ट’बाट ‘भेरियन्ट अफ कन्सर्न’को रूपमा स्तरोन्नति गर्ने गरिएको छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया