

नेकपा एकीकृत औपचारिक रुपमा दर्ता



काठ्माण्डौँ ।
नेकपा एकीकृतले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । नेकपा एमालेको आन्तरिक विवाद चर्किएको बेला गत बैशाख ६ गते युवा नेता जीवन राईको नेतृत्वमा नेकपा ९एकीकृत० नामक पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
एकीकृतले आज आयोगबाट औपचारिक रुपमा दल दर्ताको प्रमाणपत्र पाएको छ । हाल ५ सय ५१ सदस्य रहेको उक्त पार्टीले आयोगबाट ‘कलम’ चुनाव चिन्ह पाएको छ । दल दर्ता प्रमाणपत्र पाएलगत्तै जनआस्थासँग कुराकानी गर्दै राईले भन्नुभयो ‘कोरोना महामारी रोकिएपछि पार्टीको बैठक बसेर सदस्यता बिस्तार गर्नेछौं ।’कलम चिन्ह गृहमन्त्री रामबहादुर थापा “बादल” बिरुध्द जेठ ६ गते राष्ट्रिय सभामा उठेका डा।खिमलाल देवकोटाले लिएको चिन्ह हो । जसलाई काङ्ग्रेस,माओवादी,जसपासहित माधव(झलनाथ खेमाले मत दिएर जिताएको थियो ।
राईले पार्टी उपाध्यक्षमा कल्पना गुरुङ,महासचिवमा विनोद खुलाल,सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेको जानकारी दिनुभएको छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया