

भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोनाकाे तेस्रो लहर आउन सक्ने चेतावनी


काठमाण्डाै
भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक भएर निस्कने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
अहिलेसम्म नेपाल, भारत, अमेरिका, बेलायत, पोर्चुगलसहित डेल्टाको नयाँ म्युटेन्ट विश्वका १० देशमा भेटिएको छ । भारतको महाराष्ट्र, केरला र मध्य प्रदेशमा नयाँ भेरियन्टका बिरामी भेटिएकाले सचेत हुन भनिएको छ । भारतमा डेल्टा भेरियन्टकै कारण कोरोनाको दोस्रो लहर फैलिएको विज्ञले बताउँदै आएका छन् ।
स्वास्थ्य मापदण्ड अपनाए तेस्रो लहरलाई रोक्न सकिने त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । कोरोना नियन्त्रणका लागि भारतमा अहिले १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाउने महाअभियान सुरु भएको छ


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया