

विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री लोफभेन पदमुक्त



एजेन्सी
संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त हुनुभएको छ । बहुमत सदस्यले विपक्षमा मत दिएपछि प्रधानमन्त्री लोफभेनले विश्वासको मत प्राप्त गर्न सक्नुभएन । स्वीडेनको संसदमा तीन सय ४९ जना सांसद रहेकोमा विश्वास प्राप्त गर्न १ सय ७५ सदस्यको मत आवश्यक थियो । तर एक सय ८१ जनाले प्रस्तावको विपक्ष अर्थात अविश्वास प्रस्तावको समर्थनमा मत दिएका रोयटर्सले जनाएको छ ।
योसँगै स्वीडेनमा संसद विघटन हुने खतरा टरेको छ । संसद विघटन भएको भए एक वर्ष अगाडि नै आम चुनावमा जानुपर्ने अवस्था आउने थियो । विपक्षले अविश्वासको प्रस्ताव पेस गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने लोफभेन स्वीडेनको पहिलो प्रधानमन्त्री हुनुभएको छ ।
वामपन्थी कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो । अब उहाँले अर्को सरकार गठन नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नुहुनेछ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया