

कांग्रेसमा नयाँ ध्रुवीकरणको संकेत



काठमाडौं
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेसँगै गुट–उपगुटमा विभक्त कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु भएको छ ।
१४औं महाधिवेशनमा पनि पहिलो पुस्ता शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएका बेला दुवैतर्फका दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वका लागि आफूलाई अघि सारेका छन्। युवा पुस्ताका केही नेताले आगामी महाधिवेशनबाट पहिलो पुस्तालाई बिदा गर्नुपर्ने बताइरहेका बेला उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले नेतृत्वका लागि आकांक्षा देखाउँदै तयारीमा जुटेका हुन्।
पूर्वसहमतिविपरीत देउवा फेरि पार्टी नेतृत्वको दौडमा खडा भएको भन्दै असन्तुष्ट उपसभापति निधिले दोस्रो तहका आकांक्षीहरूसँग छलफल थालेका छन्। एक वर्षअघि नै देउवासँग सभापतिको उम्मेदवार बन्ने इच्छा राख्दै अन्य नेताहरूसँग पनि भेटघाट गरेका निधिले सोमबार महामन्त्री शशांक र पूर्वमहामन्त्री सिंहलाई आफ्नै निवासमा बोलाएका हुन्। आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा शशांक र सिंहलाई आफ्नो निवासमा ‘लन्च मिटिङ’ आयोजना गरेको बताइए पनि नेताहरूबीच पार्टीभित्र नयाँ समीकरणका लागि छलफल थालिएको विश्लेषण गर्न थालिएको छ।
संस्थापन र संस्थापनइतर समूहमा पहिलो पुस्ताका नेताहरू विकल्पका विषयमा बहस चलिरहेका बेला तीन नेताबीचको छलफलले नयाँ ध्रुवीकरणको संकेत गरेको छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया