

मौसम विवरण : आज सफा रहने, पानी पर्न रोकिएसँगै धेरैजसो नदी तथा खोलामा पानीको बहाव घट्यो



काठमाण्डौ
अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा घाम लागेको छ । अहिले वाग्मती प्रदेश, प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँको मौसम खुलेको छ । प्रदेश-१ का केही ठाउँमा घाम लागे पनि केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् समिर श्रेष्ठका अनुसार प्रदेश-१ का केही ठाउँसँगै अहिले कर्णाली प्रदेशमा पनि पानी परिरहेको छ । मौसमविद्ले आज प्रदेश-१, २ र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएका छन् । गएको २४ घण्टामा रुकुममा सबैभन्दा धेरै ८० मिलीमिटर पानी परेको छ । यस्तै, आज, भोलि र पर्सि केही ठाउँको मौसम सफा नै रहने अनुमान गरिएको छ ।
हिजोदेखि नै पानी पर्न कम भएपछि देशका धेरैजसो नली तथा खोलामा पानीको बहाव घटेको छ । यसले तत्कालका लागि बाढीको जोखिम घटेको छ । तर, यसअघिको लगातारको झरीले जमिन गलिसकेकाले सामान्य पानी पर्दा समेत पहिरोको जोखिम भने रहने मौसमविद्ले बताएका छन् । यस्तै, आउँदो बिहीवारदेखि देशभर मौसम पूर्ण बद्ली भइ ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।
यसपालिको बर्खामा औसतभन्दा धेरै पानी पर्ने सम्भावना रहेको बाढी पहिरोको जोखिम उच्च छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया