

वाणगंगा वडा नम्बर ७ र ९ जोड्ने खोलामा पक्की पुल बन्ने पक्का, भलवाड बासीमा छायो खुसी



नवराज बेल्वासे
कपिलवस्तु बाणगंगा वडा नं ७ र ९ लाई जोडने बनगाइ मोतिपुर भलवाड डोहोटे सडकमा पर्ने कोइली खोला को पुलकोलागि चालु आर्थिक वर्षमा बजेटको व्यवस्था भएको छ । छोटो समयमा डिपिआर बनाएर पुल निर्माणको लागि टेण्डर (ठेक्का सूचना) समेत यसै आर्थिक वर्षमा भएकोमा कामको प्रगती हेर्दै बजेट थप हुने छ । प्रदेश सांसद विष्णु पन्थीका अनुसार डिपिआर टेण्डर ,वजेट र थप बजेट निकाशा एकै वर्षमा हुनु पुल निर्माणमा नयाँ रेकर्ड हो ।
पुल बन्ने पक्का भएपछि पंन्थीले सामाजिक सञ्जालमा खुशी प्रकट गर्दै लेख्नु भएको छ
स्मरण रहोस् गत बर्खामा यो खोलाले ४ जनाको ज्यान लिएको थियो । यहि खोलाले गत वर्ष विधुत कार्यलय जीतपुरका प्रमुख कृष्ण पौडेललाई वगाएर मृत्यू शैयामा पुराएको थियो । यस्तो पीडादायि कोइलीमा पुल बनाउन बजेट विनियोजन गर्ने प्रदेश सरकार , तदारुकताका साथ प्रक्रिया पुरा गर्ने प्रदेश सरकारका अधिकारीहरु , हामीलाई घचघचाउने स्थानीय सरकार र सरोकारवाला सबैलाई धेरै धेरै धन्यवाद दिन्छु ।
२०७७ साल असोज १४ गतेका दिन यसै खोलामा बाढी आउदा नेपाल विद्युत प्राविधिकरण जितपुर शाखा प्रमुख कृष्ण प्रसाद पौडेल सहितका कर्मचारी चढेको गाडी बाढीले बगाउदाँ प्रमुख पौडेल , सवारी चालक तथा खोला तर्नु पुर्व लिफ्ट मागेर बसेका अर्घाखाँचीका एक पुरुषको ज्यान गएको थियो भने । लिफ्ट मागेर बसेकि वाणगंगा ९ कि शिक्षिका तथा कार्यालयका एक कर्मचारी भने हाम फालेर बाच्न सफल भएका थिए ।
कब्जेमा पुल बन्ने पक्का भएपछि भलवाडका स्थानिय बासीमा खुसी छाएको छ । ईसाझाकुरा सगँ कुरा गर्दै एक स्थानियले भने अब भलवाडले राहतको सास र्फछ , बाढी आउदा भोग्ने समस्या समधान हुदाँ गरी कोहि बिरामी परे उपचारका लागि अस्पताल पुराउन नसक्ने अवस्थामा मृत्यु हुने डर पुल बन्ने भएपछि हराउने उनको भनाई रहेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया