

जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई जनाको ज्यान गयाे



बारा
बाराको सिमरामा रहेको जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् ।
आगलागीमा परि भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारकाे सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आगलागीमा परि रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं घाइते भएका र उनीहरुको सिमरामा उपचार भइरहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
पाइप वेल्डिङ्ग गर्ने क्रममा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया