

स्थापना दिवसमा नेपाल स्काउटद्धारा जगदिशपुर ताल क्षेत्रमा सरसफाई



राधा पाण्डे, कपिलवस्तु ।
नेपाल स्काउट लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाले ७०औं नेपाल स्काउटको स्थापना दिवसका अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ९ को पर्यटकिय स्थल जगदीशपुर तालमा सरसफाइ कार्यक्रम सप्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका उपमेयर लक्ष्मी गुप्ताले जगदीशपुर क्षेत्रको यो तालमा आन्तरिक पर्यटक र बाह्य पर्यटक प्रबर्द्धन गर्नको लागि स्काउटले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले कोभिडले विश्वलाई नै आक्रान्त पारेको बेला नेपाल पनि अछुतो रहन नसकेको समयमा पनि सामाजिक दुरि कायम गर्दै चेतनामुलक कार्यक्रम गरेकोमा धन्यवाद दिनुभयो । यो तालले कपिलवस्तु मात्रै नभएर नेपाललाइ विश्वसामु चिनाउन सफल भएकोले आफुले यसको संरक्षण तथा सम्बर्द्धन गर्न हरेक प्रयत्न गरिरहने बताउनुभयो ।
यस्तै कार्यक्रममा जगदीशपुर ताल संरक्षणका अध्यक्ष ललित गुरुङले संस्थाले यो पर्यटकिय स्थानमा आएर यो सराहनीय कार्य गरेकोमा प्रशंसा गर्नुभयो । जगदीशपुर ताल विश्व सम्पदा सुचिमा सुचिकृत भएकोले र अझै पर्यटन प्रबर्द्धन गर्नु हामी सबैको दायित्व भएकोले यसलाइ आफ्नो क्षेत्रबाट सबैले पहल गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो । नेपाल स्काउट आफैंमा अनुशाशीत संस्था रहेकोले यसले गर्ने कार्यहरु समाजका लागि उल्लेखनीय रहदै आएका छन् ।
यस्तैगरी शनिबार भएको कार्यक्रममा तालको वरिपरि किनारमा रहेको फोहोर ब्याबस्थापन गर्ने र जलाशयको सौन्दर्यतामा ह्रास आउने किसिमका झारपातलाई कटान समेत गर्ने काम गरिएको थियो । कार्यक्रम नेपाल कपिलवस्तु नगरपालिका संयोजक अजय चौधरीको अध्यक्षता, लुम्बिनी प्रदेश समिती सदस्य सन्दीप आचार्यको बिशिस्ट आतिथ्यता रहेको थियो । जिल्ला स्काउट संयोजक भगवती न्यौपानेको स्वागत मन्तब्यका साथै बुद्धभुमी संयोजक कृष्ण प्रसाद भट्टराईको संचालनमा सप्पन्न भएको थियो । सम्पुर्ण पालिका संयोजकको उपस्थिति रहनुका साथै परिचयात्मक कार्यक्रम समेत गरिएको थियो ।
स्थापना दिवसको अवसरमा सम्पन्न कार्यक्रममा स्थानीय, समाजसेवी, बुद्धिजीवी, वडाका प्रतिनिधि सङघ संस्थाका पदाधिकारी पत्रकार लगायतको उपस्थिति रहेको थियो । स्काउटले स्थापना दिवसको अवसरमा आज देशैभर विभिन्न कार्यक्रम संचालन गरेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया