

पानि नआउदा पनि मेलम्चीमा बाढी, प्राविधिकसहित १० जना विज्ञको टोली हेलम्बुमा



काठमाण्डाै
मेलम्चीमा पानी नपर्दा पनि बाढी आएको कारण बुझ्न प्राविधिकसहितको विज्ञको टोली सिन्धुपाल्चोकको हेलम्बुमा पुगेको छ ।
बिहान साढे ११ बजे हेलिकोप्टरबाट राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलकाे नेतृत्वमा प्राविधिकसहित १० जना विज्ञको टोली हेलम्बु पुगेको हो । अहिले बाढी पहिरो आएका ठाउँको अवलोकन र निरीक्षण गर्ने काम भइरहेको पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पानी नपरे पनि मेलम्चीमा बाढी आउनुको कारण बेलुकासम्ममा केही जानकारी सार्वजनिक गरिनेछ । विज्ञ टोली आजै काठमाण्डौ फर्किने छ । मेलम्ची खोलामा अहिले पानीको सतह कम भए पनि घटबढ भइरहेकाले त्रास थपेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया