एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई पठाउने सर्वोच्च अदालत बारको निर्णय

काठमाडौँ

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतको सहयोगी (एमिकस क्युरी) पठाएको छ।

असार ९ गतेदेखि निरन्तर हुने सुनुवाइमा संवैधानिक इजलासले सर्वोच्च बार र नेपाल बारलाई दुई/दुई जना एमिकस क्युरी पठाउन भनेको छ ।उक्त मुद्दामा नेपाल बारका तर्फबाट पनि दुई जना एमिकस क्युरी माग्ने संवैधानिक इजलासले निर्णय गरेको छ । तर नेपाल बारबाट नाम टुंगो लागेको छैन् ।

गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विघटन गरेको प्रतिनिधिसभाविरुद्धको रिटमा असार ९ गतेबाट सुनुवाई सुरु हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्नका लागि संवैधानिक इजलास गठन गरेका थिए । इजलासले जेठ २६ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

खबर सबै