

शुक्रबार नेपालमा कोरोना : २७ सय संक्रमित थपिए, चार हजार निको


काठमाण्डौँ
कोभिड-१९ संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ। हिजोभन्दा आज झन्डै दोब्बर निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १३ हजार ३७ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ७६८ जनामा संक्रमण देखिएको हो। बिहीबार १२ हजार ४८४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ६०७ जनामा संक्रमण देखिएको थियो।
त्यस्तै, आज कोरोनाबाट ४४ जनाको मृत्यु भएको छ। बिहीबार ३९ जनाको मृत्यु भएको थियो। योसँगै मृत्यु हुनेको संख्या आठ हजार ६४१ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर चार हजार २० जना निको भएका छन्। बिहीबार दुई हजार १४१ जना निको भएका थिए।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया