

कपिलवस्तुमा भन्सार छलेर ल्याएका ८२ लाख बराबरको सामान बरामद


कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नाकाबाट भन्सार छलेर ल्याएको करीब ८२ लाख बराबरको छड बनाउने कच्चा पदार्थ बोकेको गाडी नेपाल भित्रिएपछि सशस्त्र प्रहरीले पक्राउ गरेको छ । हिजो (असार ३ ) गते बिहान ९ बजे भन्सारको मूल गेट हुँदै यु पी ५३ सी टी २११९ नम्बरको ट्रेलरमा फलामे छड बनाउन प्रयोग हुने कच्चा पदार्थ एम एस विलेट (फलाम) नेपाल भित्रिएको थियो ।
गाडीमा ३४.४ मेट्रिक टन विलेट विजया स्टिल प्रा.लि.का लागि भित्रिएको स्रोतले बताएको छ। सशस्त्र प्रहरी बल २८ नम्बर हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुव्रबहादुर कार्कीका अनुसार विशेष सूचनाका आधारमा विओपि कृष्णनगरले कृष्णनगर नगरपालिका २ मा रहेको चेक पोइन्टमा पक्राउ गरेको बताएका छन् । सशस्त्र प्रहरीले ट्रेलरसहित भारतको वरीयातपुर कुशिनगर बस्ने चालक ३४ वर्षीय सन्जय कुमार कुशवाह र सहचालक २४ वर्षीय अंगद कुमार कुशवाह लाई पक्राउ गरी कृष्णनगर भन्सार कार्यालयलाई बुझाइएको छ ।
भन्सार कार्यालय प्रमुख जर्नाधन पौडेलका अनुसार गाडी चालक नयाँ भएको कारणले थाहा नभएर भन्सार नगरी भित्रिएको बताए । विलेट लिएर आएका ५ वटा सँगैको लहरमा छिरेको र गेटमा बस्ने कर्मचारी झुक्किएर थाहा नपाएको बताए । पक्राउ गरिएको माल सम्बन्धी अनुसन्धान सुरु भएको पौडेलले बताएका छन् ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया