

मौसम विवरण : हिजो अस्ति भन्दा आज पानी कम पर्ने



काठमाण्डौ
अहिले प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
देशभर सामान्यदेखि पूर्ण बद्ली रही यी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएको एक घण्टामा सबैभन्दा धेरै पानी दैलेखमा परेको छ । दैलेखमा १ घण्टामा १२ मिलीमिटर पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पानी पर्ने सम्भावना रहेको छ । तर हिजो अस्तिको तुलनामा कम पानी पर्ने अनुमान छ । अहिलेको मौसम खुल्न अझै दुई/तीन लाग्ने तर पानी भने कम पर्ने मौसमविद् अर्यालको भनाइ छ ।
अबको २४ घण्टाभित्र प्रदेश-१, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि ठूलो पानी पर्ने भएकाले त्यस प्रदेशका पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएकाे छ ।
नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र पनि प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया