

युरो कप : वेल्स र रुसकाे पहिलाे जित


काठमाण्डाै
वेल्सले युरोकप फुटबलमा पहिलो जित निकालेको छ । गएराति भएको खेलमा टर्कीलाई २–० गोलले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।
वेल्सका आरोन राम्से र कोनर रोबट्र्सले एक/एक गोल गरे । जितसँगै वेल्सले दुई खेलमा चार अङ्क जोडेको छ । वेल्सले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
टर्कीको यो लगातार दोस्रो हार हो । टर्कीलाई पहिलो खेलमा इटलीले ३–० गोलले हराएको थियो । टर्कीको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।
रुसकाे पहिलाे जित
रुसले फिनल्यान्डलाई हराएकाे छ । आफ्नाे मैदान क्रेस्टाेभ्सकी स्टेडियममा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा रुसले फिन्ल्यान्डलाई एक–शून्यले हराएकाे हाे ।
रुसका लागि एलेक्सी मिरानचुकले पहिलाे हाफमा थपिएकाे इन्ज्युरी समयकाे दाेस्राे मिनेटमा गाेल गरे ।
समूह ‘बी मा रहेका रुस र फिनल्यान्ड दुवैले दुई खेलमा एक–एक खेल जितेका छन् । तालिकामा रुस दाेस्राे र फिन्ल्यान्ड तेस्राे स्थानमा छ ।
आजै राति पाैने दश बजे हुने खेलमा टर्की र वेल्स खेल्दै छन् भने राति पाैने एक बजे इटली र स्विट्जरल्यान्ड खेल्दैछन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया